• Tuesday 6th of October 2026

उदितको अर्को चुम्बन भिडिओ भाइरल


  • धनकुटा खबर
  • .

केही दिनअघि मात्र महिला फ्यानलाई ओठमा चुम्बन गरेर विवादमा परेका उदित नारायणको अर्को भिडिओ भाइरल भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भिडिओमा उदितले सेल्फी लिन स्टेजमा आएकी एक महिला फ्यानलाई चुम्बन गरिरहेका छन्। भिडिओ सार्वजनिक भएपछि उदितको फेरि एकपटक चर्को आलोचना भइरहेको छ।

बाहिरिएको नयाँ भिडि‌ओ पनि स्टेज प्रस्तुतिका क्रममा रेकर्ड गरिएको हो।

भिडिओमा केही महिला फ्यानहरू स्टेजनजिकै उदित नारायणसँग सेल्फी खिच्ने प्रयास गरिरहेको देख्न सकिन्छ।

यस क्रममा उदित स्टेजमा घुँडा टेकेर बस्छन्, त्यसपछि फ्यानहरूले पनि उनको हात समात्ने प्रयास गर्छन्।

सेल्फी लिने क्रममा उदित नारायणले फ्यानलाई चुम्बन गर्छन्।

भिडिओ भाइरल भएपछि फ्यानहरूले गायक उदित नारायणको कडा आलोचना गरिरहेका छन्।

सामाजिक सञ्जालमा एकजनाले उदित नारायणले सम्पूर्ण संगीत उद्योगसँग माफी माग्नुपर्ने लेखेका छन्।

यसैबीच केही मानिसले उनलाई सिरियल किसर पनि भनिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖