• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

अदालतमाथि अमेरिका र उसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ।

यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारहरूका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणको क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन्।

नोभेम्बर २०२४ मा, अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आईसीसीले नेतान्याहुमाथि गाजामा कथित युद्ध अपराधको आरोप लगाएको थियो ।

यस आरोपलाई इजरायलले अस्वीकार गरेको थियो। आईसीसीले हमासका कमाण्डरविरुद्ध पनि पुर्जी जारी गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖