क्यारिकेचर’ भन्नाले सामान्य अर्थमा कुनै पनि व्यक्तिको रूप, रेखालाई परिवर्तन गरी व्यंग्यात्मक शैलीमा चित्रांकन गर्नु हो।
‘क्यारिकेचर’मा मुहार चित्रको भावभंगिमा अतिरञ्जना हुनु अति आवश्यक मानिन्छ। सन्तानमै नभएको कला यसमा आयो । अहिले उनलाई परिवारले भन्ने शब्द हुन् यी । ‘सबैले चिन्छन् ।
धेरै ठाउँ डुल्यो । आफन्तले पनि दिनेशको आफन्त भन्छन्’ उनको आमाले उनलाई सुनाउने गरेकी छन् । ‘पहिले परिवार बुबाको नामबाट चिनिन्थे । अहिले मेरो नामबाट चिनिन्छन्’ उनले थपे ‘मेरो कारणले परिवार र आफन्तको पनि परिचय फेरियो ।’
उनलाई पहिले हाँस्यकलाकार भनेर बोलाउथे धेरैले । अहिले क्यारिकेचर किङ भनेरसमेत बोलाउने गरेका छन् ।
