• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालले हारे चुनाव


  • धनकुटा खबर
  • .

काठमाडौँ । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् ।

उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् ।

बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि थिए । लगभग दुई घण्टाको मतगणना पछि केजरीवालले केही समयक अग्रता लिए पनि अन्त्यमा उनले चुनाव हारेका छन् ।

भाजपाका वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖