• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बाइडेनको स्मरणशक्ति ठीक नभएको भन्दै ट्रम्पले सुरक्षा क्लियरेन्स रद्द गरिदिएपछि


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनको सुरक्षा क्लियरेन्स (गुप्तचर सूचनामा पहुँच) रद्द गरिदिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै गोप्य जानकारीमा बाइडेनको पहुँचको कुनै आवश्यक नभएको लेखेका छन् ।

ट्रम्पले लेखेका छन्, ‘तत्काल हामी बाइडेनको सुरक्षा क्लियरेन्स रद्द गर्दैछौँ र उनको दैनिक गुप्तचर ब्रिफिङगहरू निलम्बन गर्दैछौं।’

सन् २०२१ मा राष्ट्रपति बनेपछि बाइडेनले यस्तै गरेका थिए । ट्रम्पले न्याय विभागको प्रतिवेदनले बाइडेनको स्मरणशक्ति खराब भएको पनि दाबी गरे। ‘यस्तो अवस्थामा हामी उनीहरूको (बाइडेन) संवेदनशील जानकारीको विश्वास गर्न सक्दैनौँ,’ ट्रम्पले लेखेका छन्, ‘म सधैं हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्नेछु।’

२०२४ मा आएको हुर रिपोर्टमा बाइडेनले आफ्नो छोराको मृत्युको वर्ष र बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपतिको रूपमा आफ्नो कार्यकालका धेरै महत्त्वपूर्ण घटनाहरू बिर्सेको भनिएको थियो। बाइडेनले त्यसपछि यो रिपोर्ट खारेज गरिदिएका थिए ।

बाइडेनले नै सन् २०२१ मा यसको उदाहरण बसालेका ट्रम्पले आरोप लगाएका छन् । बाइडेनले अमेरिकाका ४५ औं राष्ट्रपति (ट्रम्प) को गुप्तचर समुदायलाई दिएको सुरक्षा क्लियरेन्स रद्द गरेका थिए ।

पूर्वराष्ट्रपतिको सुरक्षा क्लियरेन्स रोकिएको त्यो पहिलो पटक थियो । बाइडेनले ट्रम्पको व्यवहारका कारण यस्तो कदम चालेको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖