• Monday 5th of October 2026

साइज नमिल्ने ब्रा हुनसक्छ हानिकारक


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । विश्वका महिलाहरू ब्रा लगाउँछन्। हामी के ठान्छौ भने, भित्री वस्त्र जस्तोसुकै भए पनि हुन्छ । अर्थात् बाहिरी लुगा खरिद गर्दा आफूलाई सुहाउँछ कि सुहाउँदैन भनेर जति ख्याल गरिन्छ, भित्री वस्त्र खरिद गर्दा त्यसमा ध्यान दिइँदैन ।

तर, गलत साइजको ब्राले स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरूले बताएका छन्। एक अनुमानअनुसार करिब ८० प्रतिशत महिलाहरू गलत साइजको ब्रा लगाउँछन् भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैनन्।

तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन्। गलत ब्रा लगाउनाले उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ। यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ। फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गो भन्छिन्, ‘गलत साइजको ब्राले स्तनको आकार बिगार्ने मात्र होइन, घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर स्वास्थ्य समस्या निम्तन्छन्।’

छरितो देखाउनका लागि कतिले कसिलो ब्रा लगाउँछन् । यसले रक्त प्रवाहमा बाधा पुर्‍याउँछ । छालामा दाग बस्ने संभावना पनि हुन्छ । जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ। विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाहरूका लागि स्पोर्ट्स ब्रा आवश्यक छ।

यस्तै, गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउने पनि विज्ञहरूको भनाई छ। जहाँ धेरै खुकुलो ब्रा लगाउँदा आफ्नो सौन्दर्य खुल्दैन । साथै ब्रेस्टको सेप पनि बिग्रन्छ । त्यसैले सही आकारको ब्रा लगाउनुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖