• Tuesday 6th of October 2026

काममा फर्किए अभिनेता सैफ अली खान


  • धनकुटा खबर
  • .

केही समयअघि बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको थियो।

उक्त आक्रमणमा उनलाई ६ वटा चोट लागेको थियो। लगभग १ महिना आराम गरेपछि उनी काममा फर्किएका छन्। हालै उनी फिल्म ‘ज्वेल थीफ- द हिस्ट बिगिन्स’ को टिजर सार्वजनिक कार्यक्रममा देखिएका थिए। नेटफ्लिक्सको यस कार्यक्रममा सैफ आफ्नो हातमा प्लास्टर र गर्दनमा पट्टी बाँधेर पुगेका थिए।

यस फिल्म सैफसँगै जयदीप अहलावतको पनि मुख्य भूमिका छ। जयदीपले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै सैफको तारिफ गरेका छन्।

‘मलाई थाहा छ कि उनलाई धेरै चोट लागेको थियो। मैले उनको चोटको खत र गहिरो घाउ देखेको छु। उनले आफ्नो राम्ररी ख्याल राखेर काममा फर्किएका छन्। उनले आफ्नो कामलाई महत्त्व दिए,’ जयदीपले भनेका छन्।

सिद्धार्थ आनन्दले निर्माण तथा निर्देशन गरेको फिल्ममा सैफ अली खान, जयदीप अहलावत, कुणाल कपूर, निकिता दत्तालगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖