• Tuesday 6th of October 2026

भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनलाई ललितपुरका नख्खु स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले उनलाई अस्पताल भर्ना गरेको जानकारी दिए । सापकोटाका अनुसार अधिकारीले हिजो भिर माहुरीको मह खाएका थिए । सोही कारण उनको स्वास्थ्यमा समस्या देखिएको हो ।

अधिकारीको स्वास्थ्य अहिले सामान्य रहेको छ । अधिकारी संगीत तथा रोयल्टी संकलन समाजका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖