• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पको हमासलाइ चेतावनी, ‘शनिवारसम्म सबै बन्दी रिहा गर, नत्र नर्कमा जानेछौं


  • धनकुटा खबर
  • .

वासिंगटन डिसी, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजाका सबै बन्धकहरूलाई रिहा गर्न शनिबार दिउँसोको समयसीमा दिएका छन्।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई कडा चेतावनी दिँदै शनिबार दिउँसो १२ बजेसम्म गाजाका सबै बन्धकहरूलाई रिहा गर्ने समयसिमा तोकेका हुन् । उनले चेतावनीको भाषामा भने, ‘नत्र त्यसको परिणाम भोग्नुपर्नेछ र स्थिति निकै खराब हुनेछ ।’ साथै, समयसिमा कटाएमा उनले इजरायल–हमास युद्धविराम रद्द गर्न पनि आह्वान गर्नेछन्। 

 

हमासले इजरायली बन्धकहरूको रिहाई रोक्ने धम्की दिएपछि ट्रम्पको यो पछिल्लो टिप्पणी आएको हो। हमासको कदमलाई डरलाग्दो भन्दै ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग युद्धविरामको अन्तिम नतिजा के हुन्छ भन्ने निर्णय इजरायललाई दिने बताए। 

 

‘तर जहाँसम्म मेरो कुरा छ, शनिबार राति १२ बजेसम्म सबै बन्धक रिहा भएन भने त्यो युद्दबिराम रद्द हुन सक्नेछ, नर्कका ढोकाहरू खुल्नेछन्। बाँकी सबै बन्धकहरूलाई रिहा अब हुनुपर्छ’ ट्रम्पले भने, ‘ति सबै बन्दी हामी फिर्ता चाहन्छौं।’

 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दृढ अडानलाई दोहोर्‍याउँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले थुनामा रहेका तीनै जनालाई फिर्ता गरेपछि हमासद्वारा बन्धक बनाएका सबै इजरायलीहरूलाई तत्काल रिहा गर्न आह्वान गरेका थिए । 

 

रुबियोले ट्वीटरमा लेखेका छन्, ‘बन्दीहरू ४९० दिन पछि, एली, ओर र ओहाद अन्ततः इजरायलमा घर पुगेका छन्। संयुक्त राज्यका राष्ट्रपतिले स्पष्ट गरिसकेका छन्, हमासले अब सबै बन्धकहरूलाई रिहा गर्नुपर्छ ।’
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖