काठमाडौँ । गायिका रचना रिमालले अर्की गायिका एलिना चौहानलाई नयाँ जीवनको शुभकामना दिएकी छन् । अब एलिना मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउने कामना गर्दै रचनाले खुसी आफैँले स्थापित गर्नुपर्ने पनि बताएकी छन् ।
‘आज तपाईंले एकदम ठुलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदी अब तपाईँलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउछु भन्ने ठुलो आशा छ। अरू खुसी आउँदै, जाँदै गर्छन् तर मनको खुसी आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदी !’, रचनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन् ।
आफूहरू केही समय अघिपछि मात्रै भएर सांगीतिक क्षेत्रमा प्रवेश गरेको र भेटघाटपछि साङ्गितिक कर्ममा सहकार्य गर्दै आएको समेत उनको भनाइ छ ।
‘हाम्रो सहकार्य हुँदै गर्दा नै हामी दिदीबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुन त झट्ट हेर्दा अरूको नजरमा हामी बिच प्रतिस्पर्धा र ईर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामी बिचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि’, उनको भनाइ छ ।
गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो
गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो
उनले एलिना बिहेमा अन्माउँदै गर्दा आफू भावुक भएको पनि रचनाले स्मरण गरेकी छन् । एलिनाको पति विष्णु सापकोटासँग आज काठमाडौँ जिल्ला अदालतबाट औपचारिक रूपमा सम्बन्धविच्छेद भएको थियो ।
