• Tuesday 6th of October 2026

सैफ अली खानमाथि आक्रमण भएको रात छोराले सोधेको थियो – तिमी मर्न लागेको हो र ?


  • धनकुटा खबर
  • .

भारत । आक्रमणपछि बलिउड अभिनेता सैफ अली खानले पहिलो पटक एक अन्तर्वार्तामा घटनाको रातबारे कुरा गरेका छन् ।

आफूमाथि भएको आक्रमणपछि परिवारले देखाएको प्रतिक्रियाबारे उनले अन्तर्वार्तामा भनेका छन्। आक्रमणपछि करीना र छोरा तैमुर आफ्नो सुरक्षालाई लिएर कति चिन्तित थिए भन्ने पनि उनले खुलाए।

दिल्ली टाइम्सलाई दिएको अन्तर्वार्तामा सैफले भनेका छन्, ‘बच्चाहरू ठीक छन्, भगवानलाई धन्यवाद । जेह (तीन वर्षीय कान्छो छोरा) ले मलाई प्लाष्टिकको तरवार दिएर अर्को पटक चोरहरू आउँदा आफ्नो ओछ्यान नजिकै राख भन्यो।’

आफ्नो जेठो छोरा तैमुरले आफ्नो सुरक्षालाई लिएर अलि बढी चिन्ता गरेको पनि उनले बताए। घटनाको रात सम्झँदै सैफले आफ्नो कुर्ता रगतले भिजेको बताए । श्रीमती र छोराछोरी लिएर भवनबाट ओर्लिँदा तैमुरले ‘के तिमी मर्न लागेको हो ?’ भनेर सोधेको उनले उक्त अन्तर्वार्तामा बताएका छन्।

सैफले अन्तर्वार्तामा तैमुरले आफुले आक्रमणकारीलाई माफ गर्न पनि भनेका बताएका छन्।

६ जनवरीको रात सैफ अली खानमाथि उनको घरमा हमला भएको थियो । उक्त हमलामा उनी गम्भीर घाइते भएपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो । अभिनेता हाल स्वस्थ छन् र काममा फर्केका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖