• Tuesday 6th of October 2026

विक्की कौशलको ‘छावा’ले कमायाे ३ दिनमै ११० करोड


  • धनकुटा खबर
  • .

मुम्बइ, ५ फागुन । छत्रपति शिवाजी महाराजका छोरा छत्रपति संभाजी महाराजको जीवनीमा आधारित चलचित्र ‘छावा’ रिलिज भएको पनि ३ दिन कटिसकेको छ । 

 

यही फ्रेबुअरी १४ मा  रिलिज भएको चलचित्रले ३ दिनमै बक्स अफिसमा कमाईका धेरै कीर्तिमान बनाउन सफल भएको छ । विक्की कौशल, अक्षय खन्ना र रश्मिका मन्डन्नाको फिल्मले दुई दिनमा ७० करोडभन्दा बढी कमाई गरेको थियो ।

 

जसले २०२५ मा रिलिज भएका धेरै फिल्महरूको लाइफटाइम कलेक्सनलाई उछिनेर नयाँ रेकर्ड बनाउन सफल भएको छ। फिल्मको आइतवार साँझसम्मको कमाईसँग सम्बन्धित प्रारम्भिक तथ्याङ्क पनि सार्वजनिक भएको छ, आउनुहोस्, फिल्मले अहिलेसम्म कति कमाइ गरेको छ त, जानौं।

 

म्याडक फिल्म्सको ब्यानरमा बनेको छावाको पहिलो दिनको कमाईको आधिकारिक तथ्यांक अनुसार फिल्मले पहिलो दिन ३३.१ करोड र दोस्रो दिन ३९.३० करोड कमाएको थियो अर्थात् फिल्मले २ दिनमा ७२.४० करोड कमाउन सफल भएको थियो ।

 

फिल्मले आइतवार राती ८ बजेसम्म ४२.०९ करोड कमाइसकेको छ । जसअनुसार छावाको कुल कमाई ११०.०९ करोड पुगेको छ । तर, यी तथ्यांकहरू अन्तिम भने होइनन्, यसमा अझै परिवर्तन हुन सक्छ।

 

छावाले ३ दिनमै १०० करोड कमाएर स्काई फोर्सको कीर्तिमान तोडेको छ ।  अक्षय कुमारको स्काईफोर्सले ८ दिनमा मात्रै १०० करोडको आँकडा पार गरेको थियो । योसँगै छावाले योभन्दा तीन गुणा छिटो आम्दानी गर्दै १०० करोडको आँकडा पार गरेको हो ।

 

विक्की कौशलका सबै फिल्ममध्ये कुनै पनि फिल्मले पहिलो सप्ताहन्तमा १०० करोडको आँकडा पार गरेका थिएनन् । यसअघि उनको ‘उरी द सर्जिकल स्ट्राइक’ ले मात्रै पहिलो सप्ताहन्तमा ३५.७३ करोड कमाउन सफल भएको थियो। यसबाहेक उनको फिल्म राजीको ओपनिङ वीकेन्ड कमाई ३२.९४ करोड थियो । छावाले पनि भने उनका यसअघिका आफ्नो कीर्तिमान तोडेन सफल भएको छ । 

 

अब यो फिल्म विक्की कौशलको पहिलो साताको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

 

कोइमोईको रिपोर्ट अनुसार छावा १३० करोडमा बनाइएको हो । लक्ष्मण उतेकरको निर्देशनमा बनेको यस चलचित्रमा विक्की कौशल र रश्मिका मन्डन्नाजस्ता कलाकारसँगै अक्षय खन्ना, आशुतोष राना र विनीतकुमार सिंहजस्ता ठूला अनुहारले पनि आफ्नो अभिनय कला देखाएका छन ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖