• Tuesday 6th of October 2026

‘कमेडी दरबार’ मा विजय बरालको ठाउँमा भित्रिए मनोज गजुरेल


  • धनकुटा खबर
  • .

प्रसारणमा छोटो समयमै दर्शकमाझ लोकप्रिय कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा चर्चित हास्य अभिनेता मनोज गजुरेलको प्रवेश भएको छ।

कमेडी दरबार टिमले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो।

महाराजाको भूमिकामा देखिँदै आएका अभिनेता विजय बरालको ठाउँमा मनोजलाई ल्याइएको हो।

विजय अब आगामी एउटा एपिसोडमा मात्र देखिनेछन्। २७ एपिसोडबाट दर्शकले मनोजलाई शोमा देख्न पाउनेछन्।

त्यस्तै, ‘कमेडी दरबार’ को होस्ट पनि परिवर्तन गरिएको छ।

यसअघि पूर्व मिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्दै आएकी थिइन्।
अब शोका निर्देशक विक्की अगरवाल स्वयंमले सजिना खनालसँग मिलेर होस्ट गर्नेछन्। सजिना मिस सुप्रा नेसनल २०२४ की विजेता हुन्।
शोलाई विक्की र श्रद्धा प्रसाईले निर्देशन गर्दै आएका छन्। महारानीको भूमिकामा गौरी मल्ल छिन्। पर्फमरका रूपमा थुप्रै कलाकारहरू छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖