• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रकृति लम्साल मृत्यु घटना: आड्भिक श्रीवास्तवको फोन जफत, पठाइयो न्यायिक हिरासतमा


  • धनकुटा खबर
  • .

भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा पक्राउ परेका छात्र आड्भिक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ।

श्रीवास्तवको साथबाट प्रहरीले मोबाइल पनि बरामद गरेको छ। श्रीवास्तव प्रकृतिको साथी हुन्।

श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ।

श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ। साथै प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको पनि मोबाइल र ल्यापटप बरामद गरेको छ।

गत आइतबार प्रकृति मृत भेटिएकी थिइन्।

साथै कलिंग इन्स्टिच्युटका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले भुवनेश्वरस्थित प्रहरी कमिशनरको कार्यालयले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै दुई जनालाई पक्राउ गरेको उल्लेख गरेको छ।

४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो।

किट प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलिंग इन्स्टिच्युटबाट निकाल्दा सुरक्षागार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो।
साथै प्रहरीले कलिंग इन्स्टिच्युटमा पढ्ने नेपालीसहित सबै विद्यार्थीहरूको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖