• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ असोज । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौं खसीबजार बस्ने १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही स्थान घर भएका १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

 

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित क्षेत्रमा उनीहरूबीच विवाद भएको थियो। सोही विवादका क्रममा रूपेशले गरेको कुटपिटबाट गम्भीर घाइते भएका रोशनलाई उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

 

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले अभियुक्त रूपेश पाख्रिनलाई नियन्त्रणमा लिएको छ। साथै, यस घटनामा थप अनुसन्धानका लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖