रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
बुधबार बिहान १०:५५ बजे सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कुल बसले स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
