• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

न्युटेलाका निर्माता फ्रान्सेस्को रिभेलाको ९७ वर्षको उमेरमा निधन


  • धनकुटा खबर
  • .

एजेन्सी । न्युटेलाका निर्माता फ्रान्सेस्को रिभेलाको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले फेब्रुअरी १४ मा अन्तिम सास लिए ।

नेटिजन्सले फ्रान्सेस्को रिभेलालाई भावुक श्रद्धाञ्जलि अर्पण गरेका छन्। यसका साथै लाखौं मानिसले मन पराएको प्रोडक्ट सिर्जना गरेकोमा उनलाई धन्यवाद पनि दिएका छन्।

विश्वको सबैभन्दा प्रसिद्ध हेजलनट स्प्रेड ‘न्युटेला’ लन्च गर्नुअघि रिभेलाले प्रसिद्ध चकलेट ब्रान्ड फेरेरोका मालिक पिएट्रो फेरेरोका छोरा मिशेल फेरेरोको लागि काम गरेका थिए।

रिभेला फेरेरो टोलीको हिस्सा थिए। यी टोलीहरू उत्तम स्वादको खोजीमा नयाँ उत्पादनहरू, मिश्रण, परिष्करण, र स्वाद सामग्रीहरू विकास गर्न कच्चा मालको अध्ययन गर्थे ।

रिभेला कम्पनीको वरिष्ठ प्रबन्धक बनेका थिए, जसकाे स्थानमा १९४६ मा पिएट्रो फेरेरोले गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖