• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

संसद् भवन अगाडि सिलिण्डर बम राखेर भागेका खोटाङका भरत राई पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि सिलिण्डर बम राखेर फरार भएका भरत कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (विद्रोही) समूहको सदस्य हुँ भनेर चन्दा उठाउँदै गरेको अवस्थामा उनी बानेश्वरस्थित पञ्चकुमारी मार्गबाट पक्राउ परेका हुन् ।

२०७९ जेठमा उनले संसद् भवन अगाडि सिलिन्डर बम राखेर फरार भएको अनुसन्धानबाट थाहा भएको छ । उनलाई पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।

उनी खोटाङको खोटेहाङ गाउँपालिकाका स्थानीय हुन् । २०६४ मंसिरमा बानेश्वर वृत्तमा उनीविरुद्ध हातहतियार खरखजाना, जिल्ला प्रहरी परिसर काठमाडौँमा २०७५ फागुनमा बैंकिङ कसुर, २०७५ माघमा बैंकिङ कसुर र २०७९ जेठमा बानेश्वरमा विष्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा दर्ता भएको भेटिएको छ । उनीविरुद्ध काठमाडौँ प्रहरीमा २०७९ असोजमा स्कुटर चोरी सम्बन्धी जाहेरी दर्ता भएको भेटिएको छ । उनी २०७९ फागुनमा काभ्रेमा डाँकाचोरी मुद्दामा पक्राउ परेका थिए ।

बानेश्वरका डीएसपी वीरेन्द्र गोदार नेतृत्वको टोलीले आरोपीको साथबाट नेपाल कम्युनिष्ट पार्टी (विद्रोही)को पर्चा, पम्प्लेटहरु, चन्दा रसिद र सो पार्टीका छाप बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖