• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रकृति लम्साल मृत्यु प्रकरणः केआईआईटीका निर्देशकसहित ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं– भारत ओडिशाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा उच्च पदस्त कर्मचारीसहित हालसम्म ६ जना पक्राउ गरिएको छ।

मंगलबार विश्वविद्यालयका एकजना भारतीय विद्यार्थी, तीन निर्देशक र दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको हो।

भारतीय दैनिक भास्करका अनुसार यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त–सह–सचिव सम्मिलित एक उच्चस्तरीय तथ्य समिति गठन गरेको थियो।

केआईआईटीका निर्देशक शिवानन्द मिश्रा, प्रताप चम्पती र सुधीर रथ, दुई सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ गरिएको हो।
बीटेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो।

विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय विद्यार्थीले उनलाई दुव्र्यवहार गरिरहेको आरोप लगाएका छन्। अद्विक श्रीबास्तब नामका युवकलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।

मृतक विद्यार्थीको काकाको छोराको उजुरीको आधारमा प्रहरीले आरोपी भारतीय विद्यार्थीलाई पक्राउ गरेको छ। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

भारतीय सरकारले गठन गरेको समितिको प्रतिवेदन अनुसार कानुनी र प्रशासनिक कारबाही गरिने भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖