• Sunday 1st of November 2026

ओलीको गृह जिल्लामा प्रचण्डलाई केराको पातमा भात


  • धनकुटा खबर
  • .

काठमाडौं– नेकपा माओवादीले सुरु गरेको हुलाकी राजमार्गको अभियानमा सम्बोधनका लागि झापा पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताले केराको पातमा भात खाएका छन्।

प्रचण्डले झापाको केचनकवलमा शहीद परिवारको घरमा खाना खाएका हुन्। सोमबार बिहान शहीद सुनिल राजवंशीको भतिजा विश्नाथको घरमा प्रचण्डसहितका नेताहरूले केराको पातमा खाना खाएका थिए।

प्रचण्डसँगै खाना खानेमा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसाललगायत थिए।

उनले सोमबार बिहान नेपालकै होचो भूभाग केचनकवल पुगेर राष्ट्रिय झण्डा फहराएका थिए। प्रचण्डले दुई वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ। झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖