• Saturday 31st of October 2026

दिल निशानी मगरलाई ज्यान मार्ने धम्की


  • धनकुटा खबर
  • .

काठमाडौँ । इनाम सापकोटा विवादका विषयमा नलेख्न र नबोल्न चेतावनी दिँदै सामाजिक सञ्जालमा सक्रिय लेखक तथा स्तम्भकार दिल निशानी मगरलाई भारतीय मोबाइल नम्बरबाट धम्कीपूर्ण फोन आएको छ।

मगरका अनुसार आज बिहान आएको उक्त फोनमा इनाम सापकोटा विवादबारे कुनै पनि अभिव्यक्ति नदिन चेतावनी दिँदै ज्यान मार्ने धम्की दिइएको थियो। उनले घटनालाई गम्भीरतापूर्वक लिएको र यसबारे प्रधानमन्त्री बालेन शाहको सल्लाहकार टोलीका वरिष्ठ सदस्यहरूलाई जानकारी गराइसकेको बताएका छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचपछि ईनम सापकोटा उच्च तहका प्रहरी अधिकारी, न्यायाधीश, राजनीतिक व्यक्ति, कानुन व्यवसायी र थुनुवाहरूसँगको सम्पर्कका कारण अनुसन्धानमा तानिएका व्यक्ति हुन् ।

त्यसैगरी, उनको विदेशस्थित सम्पत्ति, आर्थिक कारोबार र सुरक्षा अधिकारीहरूसँगको सूचना आदानप्रदानबारे अनुसन्धान जारी छ।

जनसरोकारका विषयमा आफ्नो धारणा राख्न पाउनु प्रत्येक नागरिकको अधिकार भएको उल्लेख गर्दै मगरले कुनै पनि डर, धम्की वा दबाबका कारण आफ्नो अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता नगर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖