• Sunday 1st of November 2026

गगनले किन दिए सरकार छोड्ने चेतावनी?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यमा सरकार चलाउँदा विधिको शासनमा सम्झौता गर्नुपरे कांग्रेसले सरकार छाड्ने बताएका छन्।

सोमबार प्यूठानमा आयोजित सभामा उनले भने, ‘०७९ सम्म हामी इमानदार रहन्छौं, तर विधिको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्छौं, कानुनको शासनमा झुक्दैनौं।’

उनले आधारभूत र प्रजातान्त्रिक अधिकारमा सम्झौता स्वीकार्य नहुने दोहोर्‍याउँदै भने, ‘जनताको अधिकार खोसियो भने कांग्रेस सरकारमा बस्दैन।’ थापाले एमालेसँग बराबरीको सम्बन्ध चाहेको बताउँदै थपे, ‘केन्द्रदेखि जिल्लासम्म हामी न हेप्छौं, न हेपिन्छौं। दुर्व्यवहार भए कांग्रेस चुप लागेर बस्दैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖