• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

संयुक्त राष्ट्रसंघमा युक्रेनको विपक्षमा अमेरिकाको मत


  • धनकुटा खबर
  • .

काठमाडौँ । रुस र युक्रेनबिच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ।

संयुक्त राष्ट्र संघबाट सोमबार युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन्।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्।

जबकि अमेरिकाले भने विपक्षमा मतदान गरेको हो । यस्तै इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे। यो प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो।

संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖