काठमाडौँ – पाथिभरा क्षेत्रमा ‘नो केबुलकार अभियान’का अभियान्ताहरु जवरजस्ती केबुलकार बनाउन खोज्ने चन्द्र ढकाललाई अनिष्ठ हुन थालेको बताएका छन् । जनता समाजवादी पार्टीका नेता आङ्गकाजी शेर्पाले पाथिभरमा केबुलकारको जग खनेकै दिनबाट ढकालमाथि अनिष्ठ सुरु भएको बताए ।
‘नो केवलकार अभियानका अभियानता’समेत रहेका शेर्पाले एक अनलाईन टेलीभिजनमा बोल्दै ढकालले जग खनेकै दिनबाट अनिष्ठ सुरु भएको बताएका हुन्। उनले त्यस यताका बिभिन्न अनिष्ठका उदाहरण दिँदै भने, ‘चन्द्रागीरी केबलकारको हाड्रोलिक विग्रिएर ६ जना खसेको, ग्लोबल आइएमई बैंकका कर्मचारी बोकेको बस सिन्धुलीमा दुर्घटनामा परेको, आफन्तलाई हटयाट्याक हुनु यो सबैको कारण पाथिभरमा जवरजस्ती केबुलकार बनाउन खोज्नु हो।’
शेर्पाले पाथिभरामा अतिग्रहण गर्नखोज्ने ढकाल मात्र नभएर कुनैपनि पात्रको भलो नभएको र अनिष्ठ भएको बताए ।
