• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जर्मनीमा गाँजामाथि पुनः प्रतिबन्ध लाग्दै, दुई बर्षमा उल्टिदै निर्णय


  • धनकुटा खबर
  • .

बर्लिन, १४ फागुन । जर्मनीमा पुनः गाजा माथी प्रतिबन्ध लाग्ने भएको छ । हालै सम्पन्न भएको निर्वाचनमा दक्षिणपन्थी पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको तथा गठबन्धन सरकारको नेतृत्व सो पार्टीका नेता फ्रेडरिक मेर्ट्ज देशको प्रमुख अर्थात् चान्सलर बन्ने सम्भावना बढे पछि गाजाँ माथी प्रतिबन्ध लाग्न लागेको हो ।

सन २०२३ को अप्रिलमा जर्मनीले गाँजाको प्रयोग माथीको प्रतिबन्ध हटाउँदै गाजा राख्न पाउने गरी कानुनी स्वीकृति दियो। योसँगै जर्मनी युरोपमा यस्तो गर्ने सबैभन्दा ठूलो देशसमेत बनेको थियो ।  सो घोषणा पछिको खुसीयालीमा जर्मनीको राजधानी बर्लिनको प्रख्यात ब्रान्डनबर्ग गेटमा करिब १,५०० मानिस जम्मा भएका थिए । र, प्रतिबन्ध फुकुवा भएसँगै हुक्का र पाइप खाएर उत्सव मनाएका थिए, जो विश्वभरीको समाचारको हेडलाइन बनेको थियो ।

जुन कानुनअनुसार १८ वर्षभन्दा माथिका व्यक्तिले २५ ग्राम सुक्खा गाँजा साथमा राख्ने र घरमा ५० ग्राम राख्ने पाउने गरी कानुन परिमार्जन गरेर खुकुलो बनाइएको थियो । यसका साथै घरमा तीनवटा भांगको बिरुवा लगाउन स्वीकृति पनि दिइएको थियो ।

तत्कालीन स्वास्थ्य मन्त्री कार्ल लाउटरबाखले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘गाँजाको उपभोगलाई प्रतिबन्धको दायराबाट बाहिर निकालिएको छ। नयाँ कानूनले मानिसहरूलाई यसको लतबाट बचाउने छ। बालबालिका र युवाको संरक्षण गर्ने र कालोबजारीविरुद्ध पनि लड्ने सजिलो हुने भएको छ।’

तर, सम्भावित भावी चान्सलार मेर्ट्जले भने गत वर्ष देखी सुरू भएको आफ्नो चुनावी अभियानमा नै  गाँजामा पुनः प्रतिबन्ध लगाउने प्रतिबद्दता जनाउँदै आएका थिए । गाँजालाई वैधानिकीकरणले लागुऔषधका अपराधमा वृद्धि भएको उनको भनाइ र तर्क रहदैँ आएको छ । ‘जर्मनीमा ‘ग्याङ फाइट’ यति बढेको छ कि हामीले कल्पना पनि गर्न सक्दैनौ,’ भन्दै उनले जसको मुख्य कारण गाँजा भएको जनाउँदै आएका छन् । 

उनी चान्सलर भए भने यसअघिको सरकारले गरेको प्रतिबन्ध फुकुवाको निर्णय दुइ बर्षमा नै उल्टिने जर्मनी मिडियाले जनाउँदै आएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖