• Tuesday 6th of October 2026

मामा र माइजूको ग्रे डिभोर्सबारे के भन्छन् भान्जा कृष्णा?


  • धनकुटा खबर
  • .

गोविन्दाका भान्जा र चर्चित कमेडियन कृष्णा अभिषेकले मामा र माइजूबीच सम्बन्धविच्छेद नहुने दाबी गरेका छन्। उनले मंगलबार दैनिक भास्करसँग कुरा गर्दै भने, ‘उनीहरूबीच केही असमझदारी हुन सक्छ, तर उनीहरू एकअर्कालाई धेरै माया गर्छन्। म विश्वस्त छु कि उनीहरू मिल्नेछन्।’

कृष्णाले थपे, ‘माइजूले केही बयान दिएकी हुन सक्छिन्, जुन अहिले मिडियामा हाइलाइट भइरहेको छ। तर, उनीहरूले मिलेर समस्या समाधान गर्छन्।’

गोविन्दा र सुनिताको सम्बन्धलाई लिएर अहिले ‘ग्रे डिभोर्स’ शब्द चर्चामा छ। जुम टिभीका अनुसार, २५–४० वर्षसम्म विवाहमा रहेका जोडीहरू अलग हुँदा यसलाई ग्रे डिभोर्स भनिन्छ। भारतमा यो ट्रेन्ड बढ्दै गएको चर्चा छ। बलिउडमा हालैका वर्षहरूमा लामो समय विवाहित रहेका जोडीहरू अलग हुने क्रम बढेको छ। गोविन्दा र सुनिताको सम्बन्ध पनि त्यही श्रेणीमा पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖