• Sunday 1st of November 2026

काठमाडौमा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौं । मुलुकको राजधानी काठमाडौंसहित पूर्वी नेपाल र पश्चिम नेपालका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको छ ।

राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।

भूकम्पको धक्का पूर्वी नेपालसम्म गरिएको प्रतिक्रिया आउन थालेका छन् भने हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖