• Saturday 31st of October 2026

भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले शक्तिशाली भूकम्प गएपनि अहिलेसम्म क्षतिको कुनै विवरण नभएको बताएका छन्।

टेलिफोन कुराकानी गर्दै थापाले भूकम्पको ठूलो धक्का महसुस गरिएपनि अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भइनसकेको बताए । प्रमुख जिल्ला अधिकारी थापाले सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने समेत बताए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ । यद्यपि, अहिलेसम्म भौतिक र मानवीय क्षतिको कुनै रिपोर्ट प्राप्त भइसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖