• Saturday 31st of October 2026

भारतसँग नेपालको सम्बन्ध चिसियो, प्रधानमन्त्रीलाई निम्तो नआउनु चिन्ताको विषय हो : विमलेन्द्र निधि


  • धनकुटा खबर
  • .

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालले भारतसँग सुमधुर सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् । उनले भने-“म बडो क्लियर्ली भन्न चाहन्छु- नेपालमा प्रजातन्त्र, राजनीतिक स्थिरता र विकासको लागि भारतको समर्थन चाहिन्छ, चाहिन्छ । भारतसँग सम्बन्ध सुमधुर नगरिकन नेपालमा राजनीतिक स्थिरता पनि हुँदैन्, लोकतन्त्र सम्वद्र्धन पनि हुँदैन र विकास (डिप्लभमेन्ट) पनि हुँदैन् । रोविन्सन क्रुसोजस्तै एक्लै टाकुरोमा बसेर विकास हुँदैन् । त्यसकारण सोसलाईजेशन पनि हुनुपर्यो । तपाईं हामी बस्ने टोलमा पनि छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्यो भने प्रगति हुन्छ नि त। त्यस्तै नेपालले भारतसँगको सम्बन्धलाई सबभन्दा बढि प्राथमिकता दिनुपर्दछ । अनि सुमधुरपनि बनाउनुपर्दछ ।”

हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा निधिले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले अहिलेसम्म भ्रमणको लागि किन बोलाएन भन्ने प्रश्नको जवाफ भने उनले प्रधानमन्त्री ओलीसँग नै माग्न सुझाए ।

उनले भारतसँग अहिले नेपालको सम्बन्ध चिसिएको भने स्विकारे । उनले भने,”नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ । नेपालका प्रधानमन्त्रीलाई भारतको निम्तो आएन, यो चिन्ताको विषय हो । र, भारतबाट किन निम्तो आएन भन्ने कुरा नेपालको प्रधानमन्त्रीले पनि विचार गर्नुपर्छ । प्रधानमन्त्रीले नै त्यसको लागि अग्रसरता लिनुपर्छ ।” उनले भारतसँगको चिसिएको नेपालको अहिलेको सम्बन्ध परराष्ट्रमन्त्री डा. आरजु राणाको तहबाट मात्रै हल हुने सम्भावना कम रहेकोले प्रधानमन्त्री ओलीले नै बढि पहल लिनुपर्ने सुझाव दिए ।

सो क्रममा उनले चीनको महत्वकांक्षी परियोजना बीआरआई ऋण नै भएको बताए । आफूले मात्रै यो कुरा नभनेको भन्दै नेपालका लागि चिनियाँ राजदूतले पनि आफूसँगको भेटमा बीआरआई ऋण नै भएको कुरा बताएको निधिले सुनाए । उनले भने, “जसको प्रोजेक्ट हो वा पोलिसी हो यो बीआरआई, त्यसले त भन्दैछ कि यो ऋण हो भनेर । अनि हामीले ऋण छैन भनेर भन्न त मिल्दैन नि ! तर, हाम्रो भनाई के हो भने हामी अहिले ऋण लिन सक्ने अवस्थामा छैनौं। बीआरआईअन्तर्गत ऋण लिनुहुँदैन्, यो नै हाम्रो पार्टीको निर्णय हो । बटमलाईन हो ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖