• Saturday 31st of October 2026

यसरी जबरजस्त अमेरिकाबाट नेपाल ल्याइए यी नेपाली


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकाबाट निकालिएका नेपालीहरूलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ। अहिले बिहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरूलाई लिएर आएको जीआरपी(२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

नेपाल ओर्लिएपछि उनीहरूलाई अमेरिकाले अध्यागमन विभागको जिम्मा लगाएको छ। नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानूनविपरीत काम गरेको आरोप छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि निकालिएका २७ नेपालीलाई अमेरिकाले यसअघि विभिन्न समयमा नेपाल ल्याइदिएको अध्यागमन विभागकी सूचना अधिकारी सीता परियारले जानकारी दिइन्, जसमा जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक नेपाली फर्काइएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖