• Saturday 31st of October 2026

हावाहुरीले त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित, तीनवटा जहाज ‘डाइभर्ट’ !


  • धनकुटा खबर
  • .

काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण आंशिक प्रभावित बनेको छ ।

बुधबार साँझ चलेको हावाहुरीका कारण करिब दुई घण्टादेखि सबैजसो जहाज उडान र अवतरण नभएका हुन् । केही अन्तर्राष्ट्रीय उडान डाइभर्ट गर्न परेको विमानस्थल कार्यालयले जनाएको छ ।

भारतबाट आएको एयर इन्डिया र इण्डिगो एयरलाइन्सका दुइवटा विमान अवतरण हुन नसकेपछि नयाँ दिल्ली डाइर्भट गरिएको छ।

त्यस्तै चीनबाट आएको चिनिया विमान भैरहवा डाइभर्ट भएको छ । अहिले भने हावाहुरी रोकिएको छ । जसकारण जहाज उडान र अवतरण हुने क्रम सुरू भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖