• Saturday 31st of October 2026

फागुन २५ को राप्रपाको आमसभा स्थगित, ‘राजा’ को स्वागतका लागि एयरपोर्टमा उत्रिन आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौं – राप्रपाले फागुन २५ गते काठमाडौंमा गर्ने भनेको आमसभा स्थगित गरेको छ ।बुधबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गरेको हो ।

बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले भने, पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖