• Saturday 31st of October 2026

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङ्गेको सजाय छुट


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ फागुन । जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) को २० प्रतिशत सजाय छुट दिने आदेश गरेको छ । साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा माग गर्दै मानाङ्गेले निवेदन दिएका थिए ।

मनाङ्गेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । उक्त व्यवस्थाअनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गर्दा २० प्रतिशत कैद तथा जरिवानामा छुट दिन सकिने व्यवस्था छ ।

ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर भएका मनाङ्गेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गत कात्तिक २७ गते काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरी फैसला कार्यन्वयनका जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

मनाङेलाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैदको फैसला गरेको थियो । २०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको घटनामा मनाङ्गेलाई अदालतकाले ५ वर्ष कैद सजाय सुनाएकोमा उनले यसअघि २ वर्ष ८ महिना सजाय भुक्तान गरिसकेका छन् । अब २ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेमा सो मध्येबाट उनले २० प्रतिशत सजाय छुट पाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖