• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रुसी आक्रमणमा ११ जनाको मृत्यु, ३० जना घाइते


  • धनकुटा खबर
  • .

कीभ । युक्रेनले डोनेट्स्कको डोब्रोपिलियामा भएको रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ।

रुसी आक्रमणमा ३० जना घाइते भएका छन् ।

शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ । डोब्रोपिलिया रूसी कब्जामा रहेको डोनेट्स्क सहरको उत्तरपश्चिममा अवस्थित छ।

युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖