• Tuesday 6th of October 2026

अभिनेत्री बर्षा राउतलाई ट्युशन पढाउने सरले गरेका थिए यौनिक हिंसा


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री बर्षा राउत यतिबेला चलेका फिल्ममा सक्रिय रहेकी छन्। उनका खास फिल्म भनेका जात्राका सिक्वेल हुन् भने अन्यमा पनि उनको सक्रियता बलियो छ।

व्यावसायी संजोग कोइरालासँग बिहे गरेकी बर्षा म्युजिक भिडिओबाट फिल्म अभिनयमा प्रवेश गरेकी हुन्। उनको पहिलो फिल्म नाई नभन्नु ल थियो।

उनले हालैका दिनमा एउटा युट्युव अन्तरवार्तामा आफू यौनिक हिंसामा परेको पछि चाल पाएको बताएकी छन्।

उनले ट्युशन पढाउने शिक्षकबाट आफू त्यसरी यौनिक हिंसामा परेको अहिले चाल पाएको बताएकी थिइन्। उनले भनेकी छन्,‘भाईहरु र म ट्युशन पढ्न जान्थ्यौं। भाईहरुलाई बाहिर पठाएर सरले मलाई विशेष ध्यान दिएको जस्तो लाग्थ्यो। तर यतिबेला सोच्दा म यौनिक हिंसामा परेको रहेछु।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖