काठमाडौँमा पोखराबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजित जुलुसमा सहभागी भएका दुर्गा प्रसाईंले राजेन्द्र लिङ्देन र कमल थापाप्रति असन्तुष्टि पोखेका छन्।
त्यस दिनको र्यालीमा लिङ्देन नेतृत्वको राप्रपा, थापा नेतृत्वको राप्रपा नेपाल र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ पनि सहभागी भएका थिए।
२ दिनपछि मंगलबार प्रसाईंले लिङ्देन र थापासँग अब सहकार्य नगर्ने घोषणा गरेका छन्। उनले भने, “अब राजा स्वयंले बोलिसकेपछि राजसंस्थाका विषयमा अरू कसैले धेरै बोलिरहन आवश्यक छैन। राजा स्वयं अगाडि बढिसकेपछि अब यो आन्दोलनको लिडर राजा नै हुनुहुन्छ।
म सारथि थिएँ, छु र रहिरहनेछु। म राजासँगै मिलेर काम गर्न चाहन्छु, हलीसँग मिलेर सडक आन्दोलनमा जान्नँ, सबैलाई चेतना भया।”
