• Saturday 31st of October 2026

रवि लामिछानेलाई अनुचित ढङ्गले निलम्बन गरिएको भन्दै प्रचण्डको आपत्ति, ठाउँ-ठाउँमा घुमाएर हुर्मत लिएको ठोकुवा


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले प्रतिपक्षीको आवाजलाई सदनमा स्पेस नदिन यस्ता गतिविधिहरु गरिरहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन पहिलादेखि नै रहेको समेत बताए । ‘अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ । यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफैं मुल्याङ्कन गर्नुस् । हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं,’– उनले भने ।

साथै, रास्वपाका सभापति लामिछानेलाई ठाउँ–ठाउँमा घुमाएर सरकारले हुर्मत लिने काम गरेको प्रचण्डको भनाइ छ । यस्ता प्रकारको गतिविधिले लोकतन्त्रलाई सुदृढ नबनाउने प्रचण्डले बताए । ‘सदनभित्रै बहस गराउँदामात्रै लोकतन्त्र सुदृढीकरण गराउन सकिन्छ । ठाउँ–ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई सुदृढ गर्दैन । यो कुरा पनि हेक्का रहोस्,’– प्रचण्डले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖