• Saturday 31st of October 2026

अन्तत: सत्यको जित भएको छ :तोसिमा कार्की


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपा सांसद तोसिमा कार्की लेख्छिन् –

अन्तत: सत्यको जित भएको छ। यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ।

उम्मेदवारीमाथि विरोध दाबी गर्ने म्याच सकिसकेपछि पनि विपक्षीले हालेको उजुरीमाथि टेकेर म चुनावी प्रचारप्रसारमा भइरहेको बखत निर्वाचन आयोगले मेरो उम्मेदवारी खारेज गरेको थियो। न्यायको लागि म सर्वोच्च पुगे। सर्वोच्चले स्टे अर्डर मार्फत मेरो उम्मेदवारी कायम गरिदियो। त्यसको विरोधमा निर्वाचन आयोग पुन सर्वोच्च पुगेर मेरो उम्मेदवारी खारेज नै हुनुपर्छ भन्ने दाबी राख्यो। निरन्तर दुई वर्ष को लडाई, पेशि र सुनुवाई पछि हिजो मिति २०८१/११/२७ मा बसेको न्यायधीशहरू डाक्टर मनोज कुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय बदर गरी म संघीय संसद पदको उम्मेदवारको लागि योग्य ठहर रहेको अन्तिम फैसला सुनाएको छ।

सुरुवाती दिनदेखि नै नयाँ युवा राजनीतिमा आउन खोज्दा रोक्न छेक्न खोजिएकोमा अन्तत अदालतले स्थापित गरेको छ। हामीलाई अदालत माथी विश्वास थियो‌ र यस सँगै हाम्रो न्याय प्रणाली माथिको विश्वास झन बलियो भएको छ।

यो जीत व्यक्तिगत मात्र उपलब्धि नभई ,मेरा सबै मतदाताको‌ हो। यस न्यायिक लडाईमा मलाई‌‌ निरन्तर साथ दिनुहुने अधिवक्ताहरु आदर्णिय भिमार्जुन आचार्य ज्यू,‌ ओम अर्याल ज्यू, ललित बस्नेत ज्यू, सुरेन्द्र भण्डारी ज्यू लगायत मेरा परिवार, मतदाताहरु, राष्ट्रिय स्वतन्त्र पार्टी साथै सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहन्छु। भ्रष्टाचार र वेथितीले‌ थाङथिलो बनाईएको देशको राजनितीलाई सङल्याउन हामी जस्तो युवाको भुमिकामा थप जिम्मेवारीबोध गरेको छु। सबैमा सहृदय धन्यवाद।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖