• Monday 5th of October 2026

पूरानो ‘ब्रा’ कहिलेसम्म लगाउने ? अवधि पुगेपछि फेर्न नसके हुनेछन् यस्ता समस्या


  • धनकुटा खबर
  • .

काठमाडौं । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा राख्ने, सहज गराउने मात्र नभई शरीर सुगठित देखिन्छ । तर, एउटै ब्रा लामो समयसम्म भने प्रयोग गर्नु स्वास्थ्यका हिसाबले ठिक नहुने विज्ञ बताउछन् ।

ब्राको पनि एक्सपाइरी डेट
ब्राको एक्सपाइरी डेट हुने हुँदा एकै ब्रा लामो समयसम्म प्रयोग गर्नु हुँदैन । किनकि, ब्राको गुणस्तर बिस्तारै खस्कदै जान्छ । विस्तारै ब्रा खुकुलो हुँदै जाने, कपडा मक्किदै जाने हुँदै गएमा स्तनको आकार सन्तुलित हुन पाउदैन। हेर्दा मात्र होइन, आकारमा पनि असर गर्छ।

छालामा समस्या
कपडा मक्किएको ब्राले छालामा धर्सा, रातो पार्ने र छालालाई नाजुक बनाउन सक्छ । यो धुँदा सफा पनि राम्रोसँग हुँदैन । जसले ब्याक्टेरिया ब्रामा जम्मा भै बस्छ । जसले छाला सम्बन्धि समस्या गराउनसक्छ

रक्तसंचारमा समस्या
पुरानो ब्रा कसिलो हुँदा पनि लाइरहनु भएको छ भने यसले रक्तसंचार राम्रोसँग हुन पाउँदैन । त्यसैले, ब्रा पहिलेको भन्दा खुकुलो र स्ट्राइप पनि खुकुलो वा लगाएको ठाउँमा डामा बस्छ भने ब्रा परिवर्तन गर्ने बेला भयो भनेर बुझ्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖