• Monday 5th of October 2026

६० वर्षीय अमिरकी तेस्रो प्रेमिका गौरी को हुन् ?


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउड अभिनेता आमिर खान फेरि एकपटक चर्चामा आएका छन्। यसपटक उनी कुनै फिल्मका कारण होइन, आफ्नी तेस्रो प्रेमिकाका कारण चर्चामा छन्।

उनको नयाँ प्रेमिकाको तस्बिर सार्वजनिक भएको छ, जसलाई उनी पछिल्लो एक वर्षदेखि डेट गरिरहेका छन्। आमिरकी तेस्रो प्रेमिकाको नाम गौरी स्प्रेट हो। दुवै जना एकअर्कालाई पछिल्लो २५ वर्षदेखि चिन्छन्। आमिर खान पछिल्लो एक वर्षदेखि गौरीलाई डेट गरिरहेका छन्।

गौरी एङ्ग्लो-इन्डियन हुन्। उनका बुबा तमिल-ब्रिटिश हुन् र आमा पञ्जाबी-आयरिश हुन्। गौरीलाई उनको पहिचानको बारेमा सोध्दा उनले आफू भारतीय भएको बताइन्। आमिरले गौरीका हजुरबुबा भारतको स्वतन्त्रता संग्राममा लडेका बेलायती भएको खुलासा गरे र इतिहासकार रामचन्द्र गुहाले पनि आफ्नो पुस्तकमा उनको बारेमा उल्लेख गरेका छन्।

गौरी मूल रूपमा बेंगलुरुकी हुन्। उनी हाल आमिर खानको प्रोडक्सन हाउसमा काम गरिरहेकी छिन्। दुवै जना धेरै ठाउँमा सँगै देखिएका छन्। गौरीको एक छोरा पनि छ, जसको उमेर ६ वर्ष रहेको बताइएको छ।

आमिरले बिहीबार आफ्नो गौरीसँग डेट गरिरहेको पुष्टि गरेका छन्। उनले मुम्बईमा आफ्नो ६० औँ जन्मदिन समारोहको क्रममा मिडियासँग यो जानकारी साझा गरे।

आफ्नी प्रेमिकाको प्रशंसा गर्दै आमिरले भने, ‘मेरी प्रेमिका कट्रिना कैफभन्दा धेरै सुन्दर छिन्। जब म उहाँसँग हुन्छु, मलाई घरमा भएको महसुस हुन्छ।’

विवाहको प्रश्नमा उनले भने, ‘के यो उमेरमा मलाई विवाह गर्न सुहाउँछ?’ उनले आफूहरू हाल प्रेममा रहेको र उनको परिवार र छोराछोरीले उनीहरूको सम्बन्धलाई स्वीकार गरेका छन्।

आमिरले पहिले रीना दत्ता र पछि किरण रावसँग विवाह गरेका थिए। उनको पहिलो श्रीमतीबाट दुई छोराछोरी इरा र जुनैद छन् भने दोस्रो श्रीमतीबाट १२ वर्षीय छोरा आजाद छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖