• Saturday 31st of October 2026

किन आयो अमेरिकी एयरफोर्सको विमान काठमाडौँमा ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल आएको अमेरिकी एयरफोर्सको विमान फर्किएको छ ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो ।

उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको उनले बताए ।

‘कूटनीतिक फ्लाइट हो, मान्छे आएका होइन । दूतावासको लागि आवश्यक सामानहरू ल्याइएको हो,’ प्रवक्ता शेर्पाले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖