• Saturday 31st of October 2026

आइतबारबाट नेपालमा पुनः लोडसेडिङ


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपालमा पुनः लोडसेडिङ हुने भएको छ । भारतबाट आउने विजुली कटौती हुने भएपछि लोडसेडिङ हुने भएको हो । दैनिक २० घण्टा विद्युत् आयात भइरहेकोमा आइतबारदेखि भारतले ८ घण्टा घटाएर १२ घण्टामात्र मात्र विजुली दिने भएको छ ।

नेपालले हालसम्म दैनिक २० घण्टा विद्युत् आयात गरिरहेकोमा अब सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्र आयात गर्न पाउने छ ।हिउँदमा नदी तथा खोलामा पानीको बहाव घट्दा आन्तरिक उत्पादन कम हुने र मागको अनुपातमा विद्युत आपूर्ति नपुग्ने भएकाले भारतबाट आयात गरिँदै आएको थियो ।

गत मंसिरमा भारतले मार्च १५ सम्म दैनिक २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवरमा मात्र आयात गर्न अनुमति दिएको थियो । नेपाल विद्युत प्राधिकरणले मार्च १६ पछि पनि २० घण्टा विद्युत आयात गर्न दिन भारतलाई आग्रह गरेको छ ।

बाँकी माग पूरा गर्न औसत ५०० मेगावाट विद्युत आयात गरिएको छ । सोलार आवरमा मात्र विद्युत आयात गर्नुपरेमा औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ गर्नुपर्ने अवस्था आउने देखिएको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल र भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडबीच भएको हिउँदमा २२० मेगावाट विद्युत खरिदसम्बन्धी सहमतिलाई हालसम्म स्वीकृति नदिएको कारण थप विद्युत आयात अनिश्चित बनेको छ ।

सुख्खायाममा १९०० मेगावाट माग हुँदा नेपालमा एक हजार मेगावाट मात्र आन्तरिक उत्पादन छ । अहिले बिभिन्न उद्दोग लोडसेडिङ्ग हुनुलाई देश फेरी लोडलोडसेडिङ्गको चपेटामा जाने संकेत देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖