हिजो माओवादी अध्यक्ष प्रचण्डले राजालाई मूर्तीचोर, भाइमारा जस्ता विभिन्न आरोप लगाएपछि जवाफस्वरूप दूर्गा प्रसाईं भन्छन् —-“अहिले प्रचण्डलाई के सनक चढेको हो ? उहाँलाई एउटा के भन्छु भने नि तपाईँ नजिक बसेर काम गरेको मान्छे हुँ म, १७५०० को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभो तपाईँले ? ५० औं हजार मान्छे घाइते छन् त्यसको हिसाबकिताब कसले गर्ने ? अरबौँको सम्पत्ति बमबारुदले उडाउनुभो ।
तपाईँका छोराले दुबईमा लगेको २६ सय करोडको हिसाब कसले दिने ? तपाईंले स्विजरल्याण्डमा, अमेरिकामा घर किनेको छ कुन पैसाले किन्नुभो ? हिजो साधारण बिहे गर्दा भाटे कारवाही गर्नुहुन्थ्यो आफ्ना नातिनीहरूको बिहे फाइभस्टार होटलमा गर्नुभयो ।
अरुलाई रक्सी खाए भनेर भाटे कारवाही गर्ने अहिले तपाईँका घरमा गएर हेर्ने हो भने एक करोडका रक्सी छन् । तपाईँले आफ्ना छोराको हत्याको पत्ता लाउनुभो ? र दरबारहत्याकाण्ड कुरा निकाल्दै गर्दा ५ बर्षको कुरा गर्नुभो अहिले २० बर्षसम्म कसका भेडाबाख्रा हेर्न जानुभको थियो ।
तपाईँहरू के हेरेर बस्नुभको थियो ? र कनकमणि, प्रज्वलशम्सेर, तपाईँहरू र पश्चिमाहरूको मेन डिजाइनमा राजदरबारको बंशनाश गरियो अनि अहिले आएर राजालाई दोष लाउने ?”
