• Monday 5th of October 2026

रणदीप हुड्डा ‘जाट’मा भयंकर देखिने,बढाए बजन र कपाल अनि फेरे आवाज


  • धनकुटा खबर
  • .

मुम्बइ, ६ चैत  । सन्नी देओल र रणदीप हुड्डा स्टारर आगामी फिल्म  ‘जाट’ हलमा रिलिजको तयारी अवस्थामा रहेको छ ।

 

फिल्ममा हुड्डाको चरित्रको नाम ‘रणतुंगा हो, जो निकै खतरनाक खलनायक हुन्। क्यारेक्टरको लागि तौल बढाउनुको साथै रणदीप हुड्डाले आफ्नो आवाजको उतार चढावमा पनि अद्भुत काम गरेका छन्। यो कुरा फिल्मसँग सम्बन्धित एक व्यक्तिले हालै खुलासा गरेका छन् । उनले रणदीपले आफ्नो शरिर र आवाजको रूपान्तरण कसरी गरे भन्ने बताएका छन ।

निर्माणसँग नजिक रहेको स्रोतले भन्यो,  ‘खलनायक होस् वा नायक, रणदीपले यसमा आफूलाई डुबाउँदै आएका छन् र यसलाई जीवन्त बनाउन कडा मेहनत गर्छन्।’ 
खासमा ‘जाट’ फिल्ममा पनि यो भन्दा फरक छैन र उनले आफ्नो खलनायक रणतुंगालाई बलियो बनाउन सुरूको दिन देखि नै काम गरिरहेका छन्। उनले भने, ‘रणदीप हुड्डाले आफ्नो चरित्रका लागि आफ्नो कपाल बढाए र आफ्नो चरित्रलाई अझ खतरनाक देखाउन आफ्नो शरीरमा काम गरेका छन, उनी चरित्रमा पुरै डुबेका छन् ।’ 

 

रणदीपले ट्रान्सफर्मेसन गरेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा रिलिज भएको फिल्म ‘सरबजीत’ र २०२४ मा रिलिज भएको फिल्म ‘स्वतंत्र वीर सावरकर’को भूमिकामा पनि उनले कडा मेहनत गरेका थिए । 

जाट फिल्म निक स्रोतले भन्यो, ‘सरबजीत होस्, स्वतन्त्र वीर सावरकर होस् वा अबको जाट नै किन नहोस्, रणदीप चरित्रलाई जीवन दिनदेखि कहिल्यै पछि हट्दैनन्। फ्यानले पनि उनको स्टाइल मन पराउँछन् । यसपटक पनि रणतुङ्गाको रूपमा फ्यानहरूले केही नयाँ र उत्कृष्ट पाउनेछन्।’

 

रणदीपले यसअघि पनि नकारात्मक भूमिका गरेको जनाउँदै रणतुङ्गाको चरित्र भने निकै खतरनाक रहेको बताए । रणदीपले भने, ‘मेरा कुनै पनि नकारात्मक भूमिकाभन्दा रणतुङ्गा खतरनाक छन् । ऊ हिंसक, पागल र चीजहरूको बारेमा धेरै क्रूर छ।’

 

‘जाट’ गोपीचन्द मालिनेनीले निर्देशन गरेका हुन् । यसमा रणदीप हुड्डा, सन्नी देओलसँगै विनीत कुमार सिंह, सैयामी खेर र रेजिना क्यासान्ड्रा पनि महत्त्वपूर्ण भूमिकामा छन्। मैत्री मुभि मेकर्स र पिपल मिडिया फ्याक्ट्रीले निर्माण गरेको यो चलचित्र अप्रिल १० मा हिन्दी, तमिल र तेलुगु भाषामा हलमा रिलिज हुदैँछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖