• Monday 5th of October 2026

चार वर्ष पनि टिकेन चर्चित क्रिकेटरको विवाह, डान्सर पत्नीलाई ८ करोड तिर्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । मुम्बईको एक पारिवारिक अदालतले भारतीय क्रिकेटर युजवेन्द्र चहल र उनकी पत्नी धनश्रीको सम्बन्धविच्छेदलाई अनुमोदन गरेको छ। यसका बारेमा क्रिकेटर चहलका वकिल नितिन कुमार गुप्ताले समाचार एजेन्सी एएनआईसँग कुरा गरे।

उनले भने, ‘अदालतले सम्बन्धविच्छेद स्वीकृत गरिसकेको छ। दुवै पक्षको संयुक्त निवेदन स्वीकार गर्दै अदालतले यस्तो निर्णय गरेको हो। अब दुवै श्रीमान्-श्रीमती रहेनन्।’

बार एण्ड बेन्चका अनुसार, सम्बन्धविच्छेदको सम्झौताअनुसार चहलले धनश्रीलाई ४.७५ करोड भारु (झण्डै ८ करोड नेपाली रुपैयाँ) तिर्नुपर्नेछ, र यो रकम दुई किस्तामा तिर्ने व्यवस्था गरिएको छ।

चहलले चर्चित डान्सर धनश्रीसँग सन् २०२० को डिसेम्बरमा विवाह गरेका थिए, तर जुन २०२२ देखि दुवै जना अलग अलग बस्दै आएका थिए। उनीहरूले आपसी सहमतिमा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका थिए। यस क्रममा कुलिङ अफ पिरियड (सम्बन्ध विच्छेदका लागि पर्खाइको अवधि) हटाउन पनि माग गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖