• Saturday 31st of October 2026

नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने हुनथाल्यो : चन्द्र ढकाल


  • धनकुटा खबर
  • .

झापा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने सोच आउन थालेको बताएका छन्।

शुक्रवार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। वर्तमान सरकारले अवरोध मानिएका कानूनमा सुधार गरेर व्यावसायिक वातावरण बनाउन खोजेको निर्णय स्थायी रूपमा राख्न पनि स्थायित्व आवश्यक भएको बताएका हुन्।

अध्यक्ष ढकालले सरकारले कानूनमा संशोधन गरेर अगाडि सारेको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न आवश्यक रहेको बताए। नेपालमा राम्रा कानून र व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा कसैले लाभ लिन नसकेको उनले बताए।

नीतिगत स्थायित्व भए नेपालमा नेपालभित्रकै पुँजी र लगानीले धेरै काम गर्ने वातावरण बन्ने पनि बताए। सरकारले व्यावसायिक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्ने पनि बताए।

विभिन्न समयमा व्यवसायी र उद्योग प्रतिष्ठानमा हुने अवरोध र अवाञ्छित क्रियाकलापले नेपालमा लगानी गरेर गल्ती गरियो कि भन्ने सोच आउन थालेको गुनासो गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖