• Saturday 31st of October 2026

गोरखाबाट पूर्वराजा ज्ञानेन्द्रको सन्देश- देशमा शान्ति चाहिएको छ, केही गर्न कोही डराउन पर्दैन


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए ।

उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ ।’

धेरै वर्षपछि आफ्नो जन्मथलो गोरखा आउँदा खुसी लागेको उनको भनाइ छ ।

पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिकस्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖