काठमाडौं । नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै केहीबेर अघि ५ जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन् ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।
‘५ जना प्रहरी अधिकारीहरू आउनुभएको छ । पक्राउ पुर्जी छैन । संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ,’ पन्तले भने ।
