• Monday 5th of October 2026

कलाकार गोकुल सुवेदी दुर्घटनामा घाईते


  • धनकुटा खबर
  • .

काठमाडौं । कलाकार गोकुल सुवेदी दुर्घटनामा परेका छन् । उनी शुक्रबार दिउसो भद्रकालीमा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा घाईते भएका सुवेदीको नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटीमा उपचार भैरहेको छ । उनको दाहिने खुट्टाको गोलीगाँठो र पैतालाको भाग तीन ठाउँमा भाँचिएको अस्पतालले जनाएको छ ।

मोड, रातो भाले, तिरिमिरी झ्याइँ, भद्रगोल, भाग्य आ–आफ्नो, पिंजडाकी चरीलगायतका टेलिसिरियल तथा मातृभूमी, वान साइड लभ, किन किन, सकस, बाउन्सर, दलाल, बिर्खेलाई चिन्छ्स् लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖