• Saturday 31st of October 2026

भिमज्योति क्याम्पस खुर्कोटको स्ववियु सभापतिमा अनेरास्ववियुकी लक्ष्मी श्रेष्ठ विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं । भिम ज्योति शिक्षा क्याम्पस खुर्कोट सिन्धुलीमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्ष पदमा दोस्रो पटक लक्ष्मी श्रेष्ठ निर्वाचित भएकी छन् ।

शनिवार भएको निर्वाचनमा नेविसंघलाइ पराजित गरेर उनी दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन् ।

मतदान ढिला हुँदा ५० जना विद्यार्थी मत नहाली फर्किएका थिए । शनिवार सिन्धुलीका तीन वटा क्याम्पसमा चुनाव भएकोमा दुई ठुला क्याम्पस सिन्धुली बहुमुखी र गौमतिको गणना जारी छ ।

जारी मतगणनाको दुबैमा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖